मंगलबार, वैशाख ८, २०८३

खेलाडीको पुरस्कार अब बैंक खातामा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने विभिन्न उमेर समूहका खेलाडीको घोषणा पुरस्कार अब बैंक खातामा जम्मा हुने जनाएको छ।

बडादशैंको मुखैमा घोषणा गरेको पुरस्कार रकम ढिलो नगरी भोली (बुधरबार) नै बैंक खातामा जम्मा हुने एन्फाले जनाएको हो।

एन्फाले विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेईविरुद्ध खेल्ने सिनियर फुटबल टिमका सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने भएको छ। त्यस्तै कोलकातामा भएको साफ यू–१५ मा उपविजेता बनेको टिमका सदस्यलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्दा घरेलु मैदानमा आयोजना भएको साफ यू–१८ मा समूह चरणबाट बाहिरिएका खेलाडीलाई समेत जनही १० हजार रकम प्रदान गर्ने एन्फाले जनाएको छ।

यू–१८ का खेलाडीलाई एन्फाले विना दैनिक भत्ता प्रतियोगितामा सहभागिता जनाउन लगाएको थियो। यस्तै एन्फाले कीर्गिस्तानमा भएको नादेझ्दा कप फुटबल प्रतियोगितामा उपविजेता बनेको महिला टिमका सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ। संघले पुरस्कार रकम खेलाडीको खातामा तत्काल जम्मा गर्ने बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।