आइतबार, चैत ८, २०८२

झापाका दश पालिका एक हप्ताका लागि सिल

कोभिड–१९ को संक्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

झापा- कोभिड–१९ को संक्रमण उच्च रहेको  झापाका १० पालिका सिल गरिएको छ। मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो। पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरूले सोचविचार गरिरहेको जनाएका छन्।

National life

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले संक्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलको निर्णय गर्नसक्ने बताए। 'जिल्ला कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिलबन्दी गर्न थालिएको हो', प्रजिअ तिम्सिनाले भने, 'सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई सिलबन्दी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको छ।'

सिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बताए।

झापामा विगत दुई सातादेखि कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। बजार र सरकारी कार्यालयहरूमा सर्वसाधारणको घुइँचो बढेको थियो। हरेक पालिकाले सात दिनको अवधि तोकेर सिलको घोषणा गरेका छन्। राजमार्गबाहेक भित्री सडकमा सार्वजनिक तथा निजी यातायातका साधन गुडेका छैनन्।

कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्ति आफैं सचेत हुनुपर्नेमा लापरबाही गरिरहेका कारण संक्रमितको दर बढ्दै गएको पालिकाहरूको ठहर छ। सामान्य स्वास्थ्य मापदण्डसमेत पालना नगरी सर्वसाधारणहरु बिनाकाम घुम्ने गरेको पाइएपछि सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम र माइकिङ गरेर सचेतना अपनाउन आग्रह गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन्। 

Laxmi sunrise bank
kumari

जिल्लामा सबैभन्दा पहिले बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा सिलबन्दी घोषणा गरेको थियो। त्यसपछि आइतबार, सोमबार र बुधबारदेखि थप पालिकामा सिलबन्दी गरिएका छन्। सामाजिक विकास मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा झापामा २६६ कोरोना संक्रमित थपिएका छन्। पालिकाहरु सिल गरिए पनि पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा भने रोक नलगाइएको प्रअिज तिम्सिनाले बताए।

प्रकाशित: Jul 29, 2021| 11:25 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्