काठमाडौं- युएईको दुबईमा माइक्रो बस लरी ट्रकमा गएर ठोकिदा ६ जना नेपालीको मृत्यु भएको छ ।
अन्य दुई जना विदेशीको पनि दुर्घटनामा परि ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सोमबार बिहान भएको दुर्घटना परी अन्य ६ जना घाइते भएका छन् । घाइतेहरु भने नेपाली नभएको जनाइउको छ ।
दुबईको मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो बस लरी ट्रकमा गएर ठोकिदा दुर्घटना भएको हो ।
कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो। उनीहरुलाई डिउटीका लागि कार्यस्थल लगिदै थियो।
नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायाणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन्।
मृतक सबै नेपाली सुरक्षागार्डका रुपमा कार्यरत थिए । तर, उनीहरुको ठेगाना भने खुल्न नसकेको दुतावासले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४