मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • डिपेको गोलमा बार्सिलोनाको जित, बराबरीमा रोकियो एट्लेटिको मड्रिड

डिपेको गोलमा बार्सिलोनाको जित, बराबरीमा रोकियो एट्लेटिको मड्रिड

स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु मैदानमा गेटाफेविरुद्ध २–१ गोलको जित निकालेको छ। बार्सिलोनाको क्याम्प नोउमा सम्पन्न खेलमा उसले पाहुनो टिम गेटाफेविरुद्ध जित निकालेको हो।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु मैदानमा गेटाफेविरुद्ध २–१ गोलको जित निकालेको छ। बार्सिलोनाको क्याम्प नोउमा सम्पन्न खेलमा उसले पाहुनो टिम गेटाफेविरुद्ध जित निकालेको हो।

क्याटलाना क्लबले दोस्रो मिनेटमै सर्जी रोबर्टोको गोलमा अग्रता बनाए पनि खेलको १८औं मिनेटमा बार्सिलोनाले अग्रता गुमाएको थियो। दोस्रो मिनेटमा जोर्डी अल्वाले दिएको पासलाई सदुपयोग गर्दै ९९ सकेन्डमा रोबर्टोले गोल गरेका थिए।

तर, १८औं मिनेटमा सेन्द्रोले गेटाफेका लागि गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आएको थियो। २६ समर्थकमाझ डच फुटबलर मेम्फिस डिपेलले गोल गरेपछि भने बार्सिलोनाले ३०औं मिनेटमा पुनः अग्रता बनाएको थियो।

डिपेलाई डि जोङले पास उपलब्ध गराएका थिए। यो जितसँगै उसले तीन खेलबाट ला लिगामा ७ अंक जोडेको छ। ऊ पहिलो तीन खेलसम्म अपराजित छ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आइतबार रातिको खेललमा १७ वर्षे युवा खेलाडी गावीलाई सिनियर टिमको डेब्यू गराएका थिए।

त्यस्तै, आइतबार रातिको अर्को खेलमा एट्लेटिको मड्रिड भिल्लारियलसँग हारबाट जोगिएको छ। एट्लेटिकोको स्टेडियो वान्डा मेट्रो पोटिनालोमा सम्पन्न खेलमा उसले भिल्लारियलसँग २–२ गोलको बराबरी खेलेको हो।

२–१ गोलले पछि परेको अवस्थामा भिल्लाका एसा मेन्दीले इन्ज्युरीसमयमा आफ्नै पोस्टमा गोल गरेपछि मात्र एट्लेटिकोले खेल बराबरी गरेको थियो।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५२औं मिनेटमा भिल्लारियलले अग्रता बनाएको थियो। त्यसलाई ५६औं मिनेटमा सुआरेजले बराबरी  गरे पनि ७४औं मिनेटमा भिल्लाले अग्रता बनाएको थियो।

तर, अन्तिममा बराबरी भएपछि एट्लेटिको मड्रिड हारबाट जोगिएको हो। यो बराबरीसँगै उसले तीन खेलबाट सात अंक बटुलेको छ।

प्रकाशित: Aug 30, 2021| 07:35 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।