मंगलबार, असार २३, २०८३

ईपीएलमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्स्परको जित

मेसन ग्रिनवुडले खेलको ८०औं मिनेटमा गोल गरेपछि आइतबार राति सम्पन्न उल्भ्सविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– मेसन ग्रिनवुडले खेलको ८०औं मिनेटमा गोल गरेपछि आइतबार राति सम्पन्न उल्भ्सविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ।

उल्भ्सको मोलिनेक्स रंगशालामा सम्पन्न खेलमा पाहुना टिम युनाइटेडले १–० गोलको जित निकालेको हो।

यो सिजन मात्र रियल मड्रिडबाट अनुबन्ध गरेका डिफेन्डर राफेल वाराणले दिएको पासमा ग्रिनवुडले गोल गरेका थिए। र, यो जितसँगै युनाइटेडले लगातार २८ प्रिमियर लिग अवे खेलमा जित निकालेको छ।

इंग्लिस फुटबल इतिहासमा यो सबैभन्दा लामो अवे जित यात्रा पनि हो। जितपछि तीन खेलबाट सात अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ।

जितसँगै युनाइटेडका मुख्य प्रशिक्षक ओले गनर सोल्सायरले क्लबमा सय खेल पुरा गरेका छन्। त्यसमा उनले १९ खेलमा हार बेहोरेका छन् भने ५३ खेलमा जित निकालेको छ। बाँकी खेल भने उनले बराबरीमा चित्त बुझाएका छन्।

आइतबार रातिकै अर्को खेलमा टोटेनहम हट्स्परले वाटफोर्डलाई घरेलु मैदानमा १–० गोलले हराएको छ।

कोयन फरवार्ड सन ह्युङ मिनले खेलको ४२औं मिनेटमा गोल गरेपछि टोटेनहमले जित निकालेको हो। यो जितसँगै तीन खेलमा जित निकालेर ९ अंक बनाएको टोटेनहम लिग तालिकाको शीर्षस्थानमा छ। यता वाटफोर्ड भने तीन खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ।

प्रकाशित: Aug 30, 2021| 06:43 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।