काठमाडौं– पूर्व राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशमा उपचार गराए वापत खर्च दिइएकोमा कांग्रेस नेता गगन थापाले आपत्ति जनाएका छन्।
डा यादवको गत भदौमा भारतको चण्डीगढस्थित पोष्ट ग्राजुएट इन्स्टिच्यूट आफ मेडिकल एजुकेशनमा उपचार गरिएको थियो । तीन वर्षअघि प्रोस्टेटको क्यान्सर देखिएपछि डा यादवको अमेरिकास्थित हेनरी फोर्ड अस्पतालमा शल्यक्रिया भएको थियो ।
एक पटक क्यान्सर रोग लागिसकेका विरामीले बेलाबेला स्वास्थ्य परीक्षण गराइ रहनुपर्ने भएकाले उनी ुफलोअपु का लागि चण्डिगढ गएका थिए ।
असोज ७ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व राष्ट्रपति यादवनको भारतमा भएको उपचार खर्च भारतस्थित नेपाली दूतावासबाट उपलब्ध गराउने निर्णय गरेको थियो।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि गत साउनमा सिंगापुर गएका थिए। प्रधानमन्त्रीको उपचार खर्च उनको निजी स्रोतबाटै हुने भनिए पनि विदेशमा नियमित उपचार गराउँदै आएका प्रधानमन्त्रीको टोलीको जाने आउने खर्च सरकारले ब्यहोर्दै आएको छ ।
आइतबार विहान सामाजिक सञ्जालमा थापाले सरकारले एक वर्ष पहिले बनेको कानूनको उलंघन गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, “हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ९कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन। पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ।तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्योहोर्ने निर्णय गर्योभ, प्रमज्यू ?”
एक वर्षअघि स्वास्थ्य मन्त्रालयले तयार पारेको निर्देशिकामा पनि भनिएको छ, ‘बैदेशिक उपचार वापत खर्च उपलब्ध नहुने स् प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४