शुक्रबार, साउन २९, २०८३

जुम्लामा यसरी भित्र्याइयो दसैं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत-  जुम्लामा दसैंलाई विशेष तरिकाले भित्र्याइएको छ। खलंगास्थित चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा (कपडा) राखेर दसैं भित्र्याइएको हो।

स्थानीय संस्कृतिविद् रमानन्द आचार्यका अनुसार घटस्थापनाकै दिन पारेर मन्दिरमा विजय स्तम्भसहित पुराना लिंगो झिकेर नयाँ लिंगो खडा गरिन्छ। सन् १४९८ मा तत्कालीन राजाले चीनसँग युद्ध जितेर फर्कंदा गजुर ल्याएर मन्दिरमा चढाएदेखि नै मन्दिरमा लिंगो खडा गर्न थालिएको जनश्रुति छ।

एक वर्षमा ५२ साता हुने भएकाले ५२ हाते ध्वजासहित ५२ हाते लिंगो खडा गर्ने परम्परा रहेको स्थानीय देवीकृष्ण उपाध्याय बताउँछन् । घटस्थापनकै दिन हरेक वर्ष पुरानो लिंगो झिकेर नयाँ लिंगो खडा गरिन्छ । लिंगोमा बाँधिएका धजा लिन स्थानीयबीच ठूलै रक्साकस्सी चल्छ । त्यस्ता धजा घरमा राखेमा शान्ति र मनले चिताएको पूरा हुने जनविश्वास छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।