काठमाडौं– पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ति गाँउपालिका–४ मौरीघाटमा बस र ट्रक ठोक्किंदा सात जना घाइते भएका छन् ।
दाङबाट कृष्णनगर तर्फ जाँदै गरेको लु २ प ३२७७ नम्बरको बसलाइ विपरित दिशाबाट आउदै गरेको न २ ख ५४५६ नम्बरको ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।
ट्रकको ठक्करबाट बसमा यात्रा गरिरहेका घोराही–१० का शिव महरा, तुलसीपुर उपमहानगरपालिका– १८का वसन्त खड्का, प्यूठान ऐरावती–३ का काशिराम पोखरेल, माण्डवी –३ का महेश्वर भट्टराई, रोल्पा त्रिवेणी–१ का सुरेन्द्र बुढा र कपिलवस्तु शिवपुर–७ का अब्दुल मुसलमान घाइते भएका छन् ।
घाइतेमध्ये काशिराम पोखरेल र सुरेन्द्र बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४