मंगलबार, वैशाख ८, २०८३

युभेन्टसको जितमा रोनल्डोको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इटालियन सिरि ए फुटबलमा लिग च्याम्पियन युभेन्ट्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। 

शनिबार राति भएको खेलमा स्पाललाई २-० गोलले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो। 

युभेन्टसको जितमा मिरालिम प्ययानिच र क्रिस्टियानो रोनल्डोले एक एक गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा मिरालिमले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको युभेन्टसले दोश्रो हाफमा थप एक गोल गर्यो। 

७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाए। उनले अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाको सहयोगमा हेडमार्फत गोल गरेका थिए।

चोटका कारण पछिल्लो खेल विश्राम लिएका रोनाल्डो पूरै समय खेलेका थिए। यस जितसँगै ६ खेलबाट १६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ।

६ खेलमा सबै जितेको इन्टर मिलान १८ अंकका साथ शीर्षस्थानमा छ। स्पाल ३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।