मंगलबार, असार २३, २०८३

पीएसजीमा मेस्सीले गरे डेब्यू, एम्बाप्पेको दुई गोल

स्पेनिस क्लब बार्सिलोनाको १९ वर्षे केरियर यसै वर्ष अन्त्य गरेर फ्रान्स पुगेका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट आइतबार राति डेब्यू गरेका छन्।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाको १९ वर्षे केरियर यसै वर्ष अन्त्य गरेर फ्रान्स पुगेका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट आइतबार राति डेब्यू गरेका छन्।

फ्रेन्च लिग वानअन्तर्गत रिम्सको मैदानमा सम्पन्न खेलमा ३० नम्बर जर्सीमा उनले खेलको ६६औं मिनेटमा अर्को फरवार्ड नेयमारलाई विस्थापन गर्दै पीएसजीबाट डेब्यू गरेका हुन्।

बार्सिलोना बाहेकको टिमबाट यो नै मेस्सीको पहिलो खेल थियो। उनले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए। त्यसपछिका सबैजसो सिजनमा मेस्सी बार्सिलोनाको शीर्ष गोलकर्ता रहँदै आएका थिए।

‘उनी आफ्नो उत्कृष्ट अवस्था भन्दा निकै टाडा छन्। तर, उनले हामीसँग अभ्यास गरिरहेका छन्। अब उनलाई पुरा फिट हुन दुई हप्ता लाग्छ,’ पीएसजीका मुख्य प्रशिक्षक माउरिसियो पोचेतिनोले भने।

मेस्सीले पीएसजीबाट डेब्यू गर्नु क्लब र मेस्सीका लागि महत्वपूर्ण भएको पोचेतिनोले बताएका छन्। मेस्सीले आफ्नो डेब्यू खेलमा गोल गर्न त सकेनन् तर पीएसजीले क्लिन सिट राख्दै रिम्सविरुद्ध २–० गोलको जित निकाल्यो।

पीएसजीका लागि दुवै गोल एम्बाप्पेले गरे। खेलको १६औं मिनेटमा डि मारियाले दिएको पासको सदुपयोग गर्दै एम्बाप्पेले पहिलोल गोल गरेका थिए। त्यस्तै, खेलको ६२औं मिनेटमा आर्चिफ हाकिमीको पासलाई उपयोग गर्दै एम्बाप्पेले दोस्रो गोल गरेका थिए।

त्यो गोलसँगै दुई गोलको अग्रता बनाएको अवस्थामा प्रशिक्षक माउरिसियो पोचेतिनोले मेस्सीलाई लिग वानमा डेब्यू गराएका थिए।

गएरातिको जितसँगै पीएसजीले चार खेलमा चार नै जित निकालेर १२ अंक बनाएको छ। यता रिम्सको भने ३ अंक छ।

पीएसजीर रिम्बको खेल हेर्न आएका समर्थले उनको डेब्यूमा उठेर सम्मान गरेका थिए। त्यस्तै, खेलका क्रममा दुवै टिमका समर्थले उनलाई समर्थन गरेका थिए।

सुरुमा रिम्सले आफ्नो रंगशालाको छ हजार मात्र टिकट बेच्न सकेको थियो। तर, पीएससजीले मेस्सी अनुबन्ध गरेपछि उसले पुरा २०  हजार नै टिकट बिक्रि गरेको थियो।

प्रकाशित: Aug 30, 2021| 06:29 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।