इलाम- सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ।
शनिबार दिउँसो इलामको बरबोटे-सुम्बेक सडकखण्डको छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका-५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो।
इटहरी उपमहानगरपालिका-१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको इलाम नगरपालिका-५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामसेवक मोचेको इलाम अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४