शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतबन्धुलाई 'दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता' पुरस्कार 

भरतबन्धुलाई 'दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता' पुरस्कार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल पर्वतारोहण संघले पत्रकार भरतबन्धु थापा दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका छ।

नेपालको पर्यटन क्षेत्रमा शब्द, चित्र र भिडियोको माध्यमबाट योगदान पुर्याएको भन्दै नेपाल पर्वतारोहण संघले पत्रकार थापालाई नगदसहित सम्मान गरेको हो। 

शनिबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नगद १८ हजार ७ सय ५० रुपैँयासहित सम्मान पत्र प्रदान गरे।

बिगत पन्ध्र वर्षदेखि तस्बिरको माध्यमद्वारा पर्यटन र पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्दै आएका थापाले ‘वाईल्ड वेष्ट नेपाल’ र ‘गन्तव्य कर्णाली’ फोटो किताब प्रकाशन गरिसकेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा संघले थापासहित जुली गुरुङलाई समेत पुरस्कार प्रदान गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।