शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारलाई तत्काल पुनर्बहाली गर्न महासंघका पूर्व अध्यक्षहरुको माग

पत्रकारलाई तत्काल पुनर्बहाली गर्न महासंघका पूर्व अध्यक्षहरुको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल पत्रकार महासंघका पूर्व सभापति/अध्यक्षहरुले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दीपायलबाट निष्काशित पत्रकारको तत्काल पुनर्बहाली गर्न माग गरेका छन्।

महासंघका ६ जना पूर्व सभापति/अध्यक्षहरुले शनिबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै विनाकारण निष्कासित पत्रकारको पुनर्बहालीका लागि महासंघ लामो समयदेखि आन्दोलनरत हुँदा पनि रेडियो नेपाल व्यवस्थापन र सूचना प्रविधि मन्त्रालयले यसबारे सुनुवाई नगर्नु खेदजनक भएको औँल्याएका छन्।

रेडियो व्यवस्थापनलाई लामो समय कार्यरत पत्रकारलाई विनाकारण निष्कासित गर्ने गलत निर्णय तत्कालन सच्याउन माग गर्दै विज्ञप्तिमा महासंघलाई निरन्तर दबावका लागि सचेतसमेत गराइएको छ।

विज्ञप्तिमा तारानाथ दाहाल, डा. सुरेश आचार्य, हरिहर विरही, विष्णु निष्ठुरी, किशोर नेपाल र धर्मेन्द्र झाले हस्ताक्षर गरेका छन्।

रेडियो नेपाल व्यवस्थापन पक्षले सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई विनाकारण निष्कासित गरेको छ। पत्रकार पुनर्बहालीका लागि महासंघ निरन्तर आन्दोलनमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।