शुक्रबार, साउन २९, २०८३

वर्तमान सरकार इतिहासकै असफल : देउवा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भईसकेको बताएका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले नागरिकलाई आजित बनाउने गरी कर बढाउने, सामान किनमेल गर्नसमेत नसक्ने गरी महंगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश व्यक्त गरे।

वडादसैंको अवसर पारेर नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देउवाले आम नागरिक, उद्योगी, व्यापार सबै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट आजित भएको दावी पनि गरे।

‘यो सरकार नेपालमा सबैभन्दा असफल सरकार सावित भएको छ,’ सभापति देउवाले भने, ‘अत्यधिक कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन्।’ सरकारले बढाएको महंगीले जनताले दसैं खर्चसमेत धान्न नसक्ने अवस्था सिर्जना भएको उनले भनाई थियो।

सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेकोसमेत देउवाले आरोप लगाए।

सोही कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गरे।

नेपाली कांग्रेसलाई निर्वाचनमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भए पनि अन्तरघातका कारण हार्नु परेको भन्दै उनले आगामी निर्वाचनमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन सिंगो पार्टी पंक्तिले प्रतिज्ञा गर्नुपर्ने बताए।

साही कार्यक्रममा नेता गगन थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको बताए। यस्तो कार्य सैह्य नहुने भन्दै उनले सरकारले नेपालमा कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन सरकारले खोजिरहेकोले त्यसलाई सफल हुन नदिने चेतावनी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।