शुक्रबार, साउन २९, २०८३

'दुईतिहाई सरकार काममा भन्दा बढी भाषणमा लाग्यो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको आरोप लगाएका छन्। काठमाडौं क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले चाडपर्वको बेला महङ्गी ह्वात्तै बढेको बताए। 

“दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन”,उनले भने। 

पूर्व उपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम नगर्न आग्रहसमेत गरे। नेता सिंहले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामका कारण जनताले हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।