काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको क्षमतामाथि प्रश्न उठाएका छन्। नौबिसे नागढुङ्गा खण्डको जाममा परेर बिरामीको मृत्यु भएका समाचार सार्वजनिक भएपछि शनीबार ट्वीट गर्दै अध्यक्ष थापाले 'गैरजिम्मेवार र निकम्मालाई कारबाही गर्नसक्ने क्षमता प्रधानमन्त्रीले गुमाइसकेको हो' भन्दै प्रश्न गरेका छन्।
थापाले यसलाई सरकारको उदासिनता, अकर्मण्यता र असफलताको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन्। उनले ठूला ठूला भाषण नभई जनतालाई राहत दिन आग्रह गरेका छन्।
उनले ट्वीटमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ' नौबिसे नागढुङ्गा खण्डको जाममा परेर बिरामीको मृत्यु हुनु, घण्टौ लाममा बस्नुपर्ने अवस्था सरकारको उदासिनता, अकर्मण्यता र असफलताको ज्वलन्त उदाहरण हो। ठूला ठूला भाषण होईन जनतालाई राहत देउ। दु:ख नदेउ। गैरजिम्मेवार र निकम्मालाई कारवाही गर्न सक्ने क्षमता प्रम @kpsharmaoli ले गुमाईसकेको हो?'
