आइतबार, कात्तिक ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाल निकट अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्दै

माधव नेपाल निकट अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्दै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। 

नेपाल निकट अनेरास्ववियुकी महासचिव आरती लामाले शनिबार राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिइन्। बबरमहलस्थित कार्की ब्याङक्वेटमा आयोजना गरिएको भेलालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भेलाको तयारीस्वरुप बिहीबार उपत्यकास्तरीय विशेष भेला आयोजना गरिएको छ। पार्टी अध्यक्ष केपीशर्मा ओली निकट युवा संघले युथ फोर्स गठन गरेपछि त्यसलाई काउन्टर दिन भन्दै माधव नेपालको विद्यार्थी संगठनले अखिल फोर्स गठन गरेको थियो।

प्रकाशित: Jul 29, 2021| 11:15 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...