बैतडी - बैतडीको पाटनस्थित लोर्खामा आज बिहान बस पल्टिँदा २१ यात्रु घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन- ६ लोर्खामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ।
गम्भीर घाइते हुनेहमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन्। यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साँउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान पनि गम्भीर घाइते भएका छन्।
गम्भीर घाइते सबैलाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ। बसका चालक फरार छन्। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४