मंगलबार, वैशाख ८, २०८३

रियलमाथि भिलारियलको ५ गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - स्पेनिस ला लिगाअन्तर्गत भिलारियलले रियल बेटिसमाथि फराकिलो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा भिलारियलले रियाल बेटिसमाथी ५-१ को फराकिलो जित निकालेको हो। 

भिलारियलको जितका लागि कार्ल टोको एकाम्बिले दुई तथा सेन्टी कार्जोला, गेरार्ड मोरेनो र स्यामुएल चुक्युवजेले एक एक गोल गरे। खेलको ३९औं मिनेटमा एकाम्बीले गोल गर्दै भिलारियललाई पहिलो हाफमा १-० को अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा थप चार गोल गर्दा एक गोल खान पुगेको थियो। 

४८औं मिनेटमा रियल बेटिसका इमर्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर खेलको अन्तिमको करिब २० मिनेट सम्हालिन नसक्दा रियलले फराकिलो पराजय भोगेको हो। ६८औं मिनेटमा कार्जोलाले पेनाल्टीमा गोल गर्दै भिलारियललाई पुन: अग्रता दिलाए। ७६औं मिनेटमा एकाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-१ को स्थितिमा पुर्‍याए। त्यसपछि इन्जुरी समयमा थप दुई गोल गर्दा मोरेनोले र चुक्युवजेले एक एक गोल गरे। 

जितसँगै ७ खेलबाट ११ अंक जोडेको भिलारियल लिग तालिकाको पाँचौँ स्थानमा छ भने पराजित रियाल बेटिस समान खेलबाट ८ अंक बटुल्दै नवौं स्थानमा सीमित छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।