शुक्रबार, साउन २९, २०८३

निरौलाको ‘तिरस्कृता’ लोकार्पण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रविण निरौला लिखित ‘तिरस्कृता’ शुक्रबार लोकार्पण भएको छ । 

राजधानीको कुन्ज थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, विशेष अतिथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, लेखक प्रविण निरौला र लेखन कुन्जका अध्यक्ष कमल ढकाल, साहित्यकार नर्वदेश्वरी सत्याल, साहित्यकार अनिल पौडेलले सयुक्त रुपमा लोकार्पण गरेका हुन्।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालमा यस्तो खालको पुस्तकको आवश्यकता रहेको भन्दै विदेशमा बसेर नेपाली साहित्यको सेवा गरेकोमा लेखक प्रविण निरौलालाई धन्यवाद दिए।
विशेष अतिथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्वैर कल्पनामा आधारित पुस्तकले नेपाली साहित्यमा नयाँ पुस्तक मात्र हैन उल्लेखनीय पुस्तक ल्याएको बताए।

साहित्यकार नर्वदेश्वरी सत्यालले यो उपन्यासले कल्पना गरेको ग्रह जस्तै नारीहरुको अवस्था भए आफूहरु सुखी हुने बताउँदै तिरस्कृता जस्तै ग्रह पृथ्वीमा कतै हुन सक्ने बताईन् ।  
साहित्यकार अनिल पौडेलले नेपाली साहित्यमा आएको नयाँ प्रकारको यो पुस्तकले आफूलाई तानिरहेको बताए।

कमल ढकालले नेपाली साहित्यले बिश्व आकाशमा लैजान बाहिर बसेर साहित्यमा सेवा गरिरहनु भएका प्रविण जस्तो युवा पुस्ताले सम्भव हुने र त्यो कारण पनि आफू प्रविण निरौलाको तिरस्कृता प्रति आकृष्ट भएको बताए।

लेखक प्रविणले आफूमा पहिले देखि नै साहित्यको रस भएको र बैंकको जागिर छाडेर अष्ट्रेलिया गए पनि त्यहाँ आफूले पाईरहेको काम छाडेर तिरस्कृताको लेखनमा संलग्न भएको र भविष्यमा पनि साहित्यमा लागेर नेपाली साहित्यको श्रीवृद्धिमा लागिरहने पहिलो प्रयास स्वरुप तिरस्कृता लेखेको बताए।

उनले यसको सिरिजको रुपमा अरु पुस्तक पनि लेख्दै जाने बताए।

मूल्य ३ सय ७५ रहेको तिरस्कृता सिमल बुकले प्रकाशन गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।