शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृषि विकास बैंकमा चोरी प्रकरणः ७० लाख सहित थप तीन पक्राउ 

कृषि विकास बैंकमा चोरी प्रकरणः ७० लाख सहित थप तीन पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले कृषि विकास बैक ह्याकिङ प्रकरणमा संलग्न थप तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले महेन्द्रनगरबाट यज्ञराज भट्ट, पर्वतबाट मालती देवी न्यौपाने र पर्वतबाटै गणेश बस्याल पनि पक्राउ परेका छन् । 

कृषि विकास बै‌कबाट भट्टको खातामा ४५ लाख रुपैयाँ र न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ। 

पक्राउ परेका तीनै जना कृषि विकासको रकम चोरीका मुख्य योजनाकार भनिएको मुम्बईमा बस्ने पिटरको एजेन्ट भएर काम गरेको महाशाखाले जनाएको छ ।

कृषि विकास बैंकको रु.४ करोड ७३ लाख ९३ हजार चोरी प्रकरणमा अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले अहिलेसम्म १६ जनालाइ पक्राउ गरेको छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।