शुक्रबार, साउन २९, २०८३

क्यानको साधारणसभा सुरु, 'आजको दिन ऐतिहासिक' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानको साधारण सभा आजबाट सुरु भएको छ। दुई दिन चल्ने साधारण सभाले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ। 

यसैबीच साधारण सभाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले क्रिकेट विकासमा महत्वपूर्ण भूमिका खेल्ने क्यानमा नयाँ नेतृत्व आएसँगै यसको विकास तिव्र गतिमा अघि बढ्ने बताए। क्रिकेट विकासको इतिहासमा महत्व राख्ने क्यान निलम्बन भएसँगै खेलकुद विकासमा समेत असर परेको बताउँदै उनले लामो समयको प्रतिक्षा पछि आजको ऐतिहासिक दिन आएको भन्दै खुसी व्यक्त गरे।

उनले भने, 'साधारण सभाका लागि खेलप्रेमीहले लामो समयसम्म कुर्नुपरेको थियो। नयाँ नेतृत्वले पुरानो समस्यालाई समाधान गर्दै लग्नेमा म विश्वस्त छुँ। क्यानको विवाद समाधानका लागि मैले छुट्टाछुट्टै साथीहरुसँग भेटेर छलफल पनि गरेको थिएँ। मिलाउन प्रयास गरेँ। आईसीसीको रोडम्याप अनुसार सबै तयार हुनुभयो। त्यसैले क्रिकेट विकासका लागि आजको दिन विशेष छ।'

मन्त्री विश्वकर्माले आफू मन्त्री बनेको केही दिनमै नेपालले आईसीसीको एकदिवसीय मान्यता पाएको स्मरण गर्दै उक्त घटनाले आफूलाई निकै खुसी बनाएको र सो क्षण आफूले कहिल्यै बिर्सन नसक्ने बताए। 

क्यान विवादको निकास निकाल्न आफू सदैव लागिपरेको बताउँदै उनले सबैको सहयोगका कारण आजको ऐतिहासिक क्षण प्राप्त भएको बताए। क्रिकेट क्षेत्रमा मात्रै नभइ खेलकुदका अन्य क्षेत्रमा पनि भएका दुई संघका कारण समग्र नेपालको खेलक्षेत्र नै लज्जित भएको भन्दै उनले त्यसको निकासमा आफू लागिपरेको र अन्य सम्बद्ध पक्षलाई पनि त्यसमा सहयोग गर्न आग्रह गरे। 

मन्त्री विश्वकर्माले क्यानमा योग्य व्यक्तिलाई निर्वाचनमार्फत चुन्न आग्रह गर्दै समग्र खेलक्षेत्रको विकासका लागि यसलाई विवादरहित र स्वच्छ राख्न आवश्यक रहेको बताए।



यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले साधारण सभाले क्रिकेटको निकाश निकाल्नेमा विश्वास व्यक्त गरे। उनले अब आउने नयाँ नेतृत्वलाई टुटेर नभई जुटेर अघि बढ्न आग्रहसमेत गरे।

साढे ३ वर्षदेखि क्यान आईसीसीको निलम्बनमा छ। नयाँ नेतृत्व चयन भएसँगै आईसीसीले नेपालमाथिको निलम्बन फुकुवा गर्ने सम्भावना रहेको छ। साधारणसभाले शनिबार नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्षका लागि दुई पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द बीच चुनावी प्रतिष्पर्धा हुँदैछ।

पहिलो दिन सभाको उद्घाटन सत्र र निर्वाचन सम्बन्धि कार्यविधि तय हुनेछ। साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका छन्। सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।