आइतबार, असोज ११, २०८३

नयाँ नेतृत्व छान्न क्यानको साधरण सभा आज 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। दुई दिन चल्ने साधरण सभाले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ । 

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले क्यान निलम्बन गरेको झण्डै साढे ३ बर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो। 

पहिलो दिन सभाको उद्घाटन सत्र र निर्वाचन सम्बन्धि कार्यविधि तय हुनेछ भने दोश्रो दिन निर्वाचन प्रक्रिया सुरु हुनेछ। 

साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका छन्। सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ।

नयाँ नेतृत्वका लागि चतुरबहादुर चन्द र विनयराज पाण्डे प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन्। साधारण सभाबाट नयाँ नेतृत्व चयन भएसँगै क्यान निलम्बनको ढोका खुल्ने अपेक्षा गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।