मंगलबार, वैशाख ८, २०८३

राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक शाक्य एनआरटीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक राजुकाजी शाक्य ‘ए’ डिभिजन लिग क्लब एनआरटीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

गत वर्ष च्यासल फुटबल क्ललको जिम्मेवारी सम्हालेका शाक्यले यस वर्षको लिगमा चार पटकको लिग च्याम्पियन एनआरटीको जिम्मेवारी सम्हाल्ने भएका छन्।

उनीसँग एनआरटीले दुई वर्षको सम्झौता गर्ने जनाइएको छ। तर दुबै पक्षबीचको आधिकारीक सम्झौता भने हुन बाँकी रहेको शाक्यले जानकारी दिए। 

अखिल नेपाल फुटबल संघ एन्फाले मंसिर १५ बाट ‘ए’ डिभिजन लिग सुरुवात गर्दैछ। गत वर्ष उनले राष्ट्रिय टिमका खेलाडी देबेन्द्र तामाङ, विमल घर्तिमगर सम्मिलित च्यासल युथ क्लब हेरेका थिए।

गत संस्करण भएको बिना रेलिगेशनको लिगमा एनआरटी पुछारमा थियो। लिगका लागि अन्य क्लबले खासै चासो नदेखाएको बेला एनआरटी नयाँ सिजन निकै आक्रमक तरिकाले प्रस्तुत हुने संकेत देखाएको छ। 

उसले २०१७ साल २०१९, २०३५ र २०५२ सालमा लिग उपाधि जितेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।