आइतबार, चैत ८, २०८२

विदेश जाने विद्यार्थीलाई सहजीकरण गर्दै इक्यान

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सहजीकरण गर्न कूटनीतिक पहल गर्ने भएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सहजीकरण गर्न कूटनीतिक पहल गर्ने भएको छ। इक्यानले २४ वर्ष पूरा गरी २५ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै इक्यान अध्यक्ष प्रकाश पाण्डेले इक्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक नियोगरसँग विद्यार्थी अध्ययन गर्न जाने वातावरण बनाउने विषयमा छलफल गरिरहेको जानकारी दिएका हुन्। उनले सरकारलाई पनि विद्यार्थीलाई खोप लगाएर सहज रुपमा विदेश अध्ययन गर्न जाने अवस्था सिर्जना गर्ने तर्फ ध्यानाकर्षण गरेको बताए। 

National life

पाण्डेले अस्ट्रेलियामा खोप लगाएका विद्यार्थीलाई आउँदो डिसेम्बरबाट पठाउने सम्भावन हरको बताए। अस्ट्रेलिया सरकारले  ७० प्रतिशत नागरिकलाई खोप लगाएपछि विदेशी विद्यार्थी भित्र्याउने नीति लिएको छ।  इक्यानले जापान अध्ययनका लागि विद्यार्थी जाने वातावरण बनाउन जालसालनसँग समन्वय गरेर गतिविधि अघि बढाउने भएको छ।

अहिले भारत, अमेरिका , क्यानडा,  बेलायत , युरोपका विभिन्न देशका मापदण्ड पूरा गरेर नेपाली विद्यार्थी अध्ययनका लागि जान पाउने भएका छन्। 

इक्यानका देशभरका शाखाले इक्यान डे को अवसरमा विभिन्न कार्यक्रम गरेका छन्। चितवनमा चेपाङ बालबालिकालाई लत्ताकपडा, खाद्यान्य, कापीकिताब वितरण गरिएको छ। पूर्वाञ्चल शाखाले पनि विभिन्न विपन्न परिवारमा खाद्यान्य वितरण लगायतका कार्यक्रम गरेको छ। केन्द्रबाट भर्चुअल रुपमा शुभकामना प्रदान गरिएको थियो। इक्यानले रजत जयन्तीका अवसरमा १८ वटा कार्यक्रम गर्ने भएको छ।

प्रकाशित: Aug 29, 2021| 21:53 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्