शुक्रबार, साउन २९, २०८३

फ्रान्सका पूर्व राष्ट्रपति शिराकको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- फ्रान्सका पूर्व राष्ट्रपति जाक शिराकको ८६ वर्षको उमेरमा निधन भएको छ।

बिहीबार उनका ज्वाईँले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै जाक शिराकको निधन भएको पुष्टी गरेका हुन्। शिराकको प्रमुख कामका रुपमा राष्ट्रपतिको कार्यकालको समय घटाउनुलाई लिइन्छ।

त्यसअघि सात वर्षका लागि चयन हुने राष्ट्रपति पदलाई शिराकले ५ वर्षमा झारेका थिए।

फ्रान्सको नेशनल एसेम्ब्लीमा उनको सम्झनामा मौन धारण गरिएको छ। शिराकको जन्म सन् १९३२ मा एक बैंक म्यानेजरको छोराको रुपमा भएको थियो।

उनी सन् १९९५ देखि २००७ सम्म फ्रान्सको राष्ट्रपति पदमा रहेका थिए।

शिराक फ्रान्सेली प्रधानमन्त्रीका रुपमा पनि जिम्मेवारीमा रहे। तर उनीमाथि भ्रष्टाचारको आरोपले भने कहिल्यै छाडेन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।