शुक्रबार, साउन २९, २०८३

चिनियाँ राष्ट्रपतिसँग रेल-सडक माग्दै नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिङपिङ असोज २७ गते नेपाल आउँदैछन्। उक्त अवसरमा नेपाल र चीनबीच विभिन्न सम्झौताको तयारी भइरहेको छ।

चीनबाट नेपाल आउने रेलको चर्चा भइरहँदा अब औपचारिक सम्झौता हुने भएको छ। सीको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग परियोजनाको सम्झौता हुनेछ।

यसैगरी, स्याफ्रुवेशी-वेत्रावती सुरुङमार्ग, लेगुवाघाट–किमाथांका सडक, टोखा–छहरे सुरुङमार्ग र तातोपानीसम्म पुग्ने सडकका विषयमा सम्झौता गर्ने तयारी गरिएको छ।
 
चिनियाँ आर्थिक र प्राविधिक सहयोगमा पूर्व सम्भाव्यता अध्ययन भइसकेको केरुङ–काठमाडौं रेल परियोजना सम्झौताका लागि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सम्झौताको ड्राफ्ट तयार पारेको छ।
 
तीन महिनाअघि चिनियाँ कम्पनी फष्ट सर्भे एण्ड डिजाइन इन्स्ट्रिच्युटले केरुङ–काठमाडौं रेलको सम्भावना अध्ययन गरेर गएपछि रेल परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र निर्माण सम्वन्धी सम्झौंताको तयारी भएको हो।

चिनिया कम्पनीको रिपोर्ट अनुसार केरुङ–काठमाडौं रेलमार्ग करिव ७२ किलोमिटर लामो हुनेछ भने ७ वटा सुरुङ निर्माण गरिनेछ। परियोजनाको ९० प्रतिशत भन्दा बढी भाग टनेल र पुलमा रहनेछ। उक्त रेलमार्ग बनाउन २ खर्ब ५६ अर्ब लाग्ने प्रारम्भिक अनुमान उक्त रिपोर्टमा गरिएको छ।
 
चिनियाँ प्राविधिकहरुले कुनै समस्या नआए निर्माण सुरु गरेको ९ बर्षमा काठमाडौंसम्म रेल ल्याउन सकिने जनाएका छन्।

यता सडक र सुरुङमार्ग सम्बन्धी सम्झौताका विषयमा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुन थापा चारवटा प्रस्ताव तयार भएको बताएका छन्।

थापाका अनुसार टोखा–छहरे सुरुङमार्ग करिव ७ किलोमिटर हुनेछ। यो सुरुङमार्ग जोडेर वेत्रावतीसम्म पुग्ने करिव ३२ किलोमिटर सडक डबल लेनमा निर्माण गर्नुपर्ने छ।
 
यसैगरी, नेपालले चीनसँग किमांथाकासम्म पुग्ने सडक स्तरोन्नतिका लागि आग्रह गर्नेछ। मन्त्रालयका अनुसार नेपालले राष्ट्रपति आएका बेला तातोपानी नाकासम्म पुग्ने सडक दुईलेनमा विस्तारको लागि समेत आग्रह गर्नेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।