शुक्रबार, जेठ १, २०८३

धनुषामा सुतिरहेका एक दम्पतीसहित तीनजनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
जनकपुरधाम–  धनुषाको पोर्तहामा घरमा सुतिरहेका एक दम्पतीसहित तीनजनाको मृत्यु भएको छ । 

गणेशमान चारनाथ नगरपालिका–४ को पूर्वपश्चिम राजमार्ग अन्तर्गत पोर्तहाको पूर्वेली स्टाफ होटलका सञ्चालक शिवकुमार महतो, उनकी श्रीमती र एकजना कामदारको मृत्यु भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिएका छन् ।

कोठाभित्र रहेको फ्रिज जलेको अवस्थामा फेला परेकोले उक्त घरमा विद्युत सर्टसर्किट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

फ्रिजमा आगोलाग्दा निस्केको धुवाँले निदाइरहेका तीनैजनाको निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको खनालले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान घरका कोही नउठेपछि ढोका उघारेर हेर्दा तीनैजना मृतअवस्थामा फेला परेका थिए । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

यता विद्युत प्राधिकरणको लापरवाहीले तीन जनाको मृत्यु भएको भन्दै स्थानीयवासिन्दाले आक्रोश व्यक्त गरेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।