शनिबार, असोज १७, २०८३

दुवै मिर्गौला फेल भएपछि सहयोग माग्दै हास्यकलाकार पल्पसा डंगोल

हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा चम्सुरीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकर पल्पसा डंगोल अस्पताल भर्ना भएकी छिन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा चम्सुरीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकर पल्पसा डंगोल अस्पताल भर्ना भएकी छिन्। दुवै मिर्गौला फेल भएपछि उनी उपचारका लागि टिचिङ अस्पताल भर्ना भएकी हुन्। 

झण्डै पाँच वर्षदेखि उनले मिर्गौलाको डायलाइसिस गराउँदै आइरहेको खुलेको छ। त्यही क्रममा उनी एक महिनाअघि अस्पताल भर्ना भएकी हुन्। अभिनेत्री दीपाश्री निरौलाले पछिल्लो पटक डायलाइसिस गराउँदा रगत सञ्चार नभएपछि उनी आत्तिएको बताएकी छिन्।

चिकित्सकले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन्। प्रत्यारोपणका लागि करिब ५० लाख खर्च हुने बताइएको छ। दीपाश्रीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनको उपचारको लागि सहयोगको अपिल गरेकी छिन्।

अस्पतालमा पल्पसालाई भेटेको तस्बिर राख्दै उनले लेखेकी छिन्, ‘कलाकार पल्पसा डंगोल हाम्री चम्सुरी टिचिङ अस्पतालमा किड्नीको समस्या भएर ३०५ नम्बर बेडमा छिन्।  हामी सबै मिलेर साथ र सुस्वास्थ्य को कामना गरौँ।’


प्रकाशित: Jul 18, 2021| 17:25 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।