शुक्रबार, साउन २९, २०८३

म्यानपावर व्यवसायीहरु नयाँ नेतृत्व छान्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  आज, मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व चयनका लागि मतदान हुँदैछ।

संघको २७ औं साधारणसभाको उद्घाटन सत्र सकिएर बन्दसत्र सुरु भएको छ। बन्दसत्र सकिएलगत्तै मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत सीता देवकोटाले जानकारी दिईन्। 

नयाँ नेतृत्वका लागि लोकतान्त्रिक र प्रगतिशिल  प्यानल चुनावी मैदानमा छन्।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट विष्णुप्रसाद गैरेको प्यानल र नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट सरोजकुमार पोखरेल नेतृत्वको प्यानल संघको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रेका हुन्। 

कुल ६५८ जना वैदेशिक रोजगार व्यवसायीले मतदान गर्ने चुनावमा दुई पक्षबीच  दह्रो प्रतिस्पर्धा हुने देखिएको छ। 

दुवै समूहले अब वैदेशिक रोजगार व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउने, व्यवसायीको पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहितमा सरकारसँग सहकार्य गर्ने प्रतिवद्वता जनाएका छन्। 

अध्यक्षका प्रत्यासी गैरे फोरमका अध्यक्ष हुन् भने उनका प्रत्यासी पोखरेल संघका महासचिव तथा प्रगतिशिल मञ्चका संस्थापक अध्यक्ष हुन्। 

गैरे समूहबाट प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङले उम्मेदवारी दिएका छन्। सदस्यहरूमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर इजम र लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन्।

पोखरेल समूहबाट संघको प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सञ्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बु (तेजु)ले उम्मेदवारी दिएका छन्। सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिएको निर्वाचन समितिले जानकारी दिएको छ। 

व्यवसायीलाई दुख दिने नियत छैन- मन्त्री बिष्ट

रोजगार व्यवसायी संघको साधारणसभालाई सम्बोधन गर्दै  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई अनावश्यक दुख दिने सरकारको नियत नभएको बताएका छन्। 

व्यवसायीको समस्या सुन्न सरकार तयार भएको बताउँदै उनले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तराष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ उल्लेख गरे । 

मन्त्री विष्टले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको बताए। सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।