शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तिम्ल्याहा छोरी जन्म दिने सुत्केरीको हेलिकप्टरबाट उद्धार

तिम्ल्याहा छोरी जन्म दिने सुत्केरीको हेलिकप्टरबाट उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – तिम्ल्याहा छोरी जन्म दिएकी दार्चुलाकी एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि नेपालगञ्ज पु्र्‍याइएको छ। तीन छोरीलाई जन्म दिने नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीलाई नवजात शिशुसहित उपचारको लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो।

आमा र नवजात शिशुको अवस्था कमजोर हुँदा आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिएपछि होलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिए। धामी निर्धारित समय अगावै प्रसुती भएकी हुन्। कात्र्तिकमा प्रसुती हुनुपर्ने धामीले एक महिना अघि शिशु जन्माएकी हुन्। 

नौगाड सुरक्षित प्रसूति गृहमा तीन बच्चा जन्मिएको यो पहिलो घटना हो। पहिलो पटक जन्मिएकी छोरीको दुई किलोग्राम र दुई छोरीको एक किलो दुईसय ग्राम मात्र तौल रहेको स्वास्थ्य चौकीले जनाएको छ।
 
औसतमा बच्चा जन्मिदा दुई दशमलव पाँच किलोग्राम तौल हुने गर्छ। कम तौल तथा समय अगावै बच्चा पाएका कारण स्वास्थ्य जोखिममा परेको स्वास्थ्यकर्मीले बताएका छन्। 

दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा न्यानो गराउने मेसिन नहुँदा उपचारमा समस्या भएको थियो। सोमबार नै एयरएम्बुलेन्समार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भएपनि कागजी प्रक्रियामा ढिलाई हुँदा मंगलबार मात्र उद्धार गरिएको प्रजिअ बिष्टले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।