शुक्रबार, साउन २९, २०८३

मालपोतका कार्यालय सहयोगी घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – भूमि सुधार तथा मालपोत कार्यालय राजविराजका कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय सहयोगी अर्जुनकुमार मण्डललाई घुससहित पक्राउ गरेको हो।

मोही जग्गाको बाँडफाटसम्बन्धी मुद्दाको लगत कट्टा गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटेको टोलीले मण्डललाई पक्राउ गरेको बताएको छ।

सेवाग्राहीसँग दुई हजार घुसवापतको रकम लिइसकेको अवस्थामा मण्डललाई रकमसहित कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।