शुक्रबार, साउन २९, २०८३

सञ्चालनमा आउन थाले ‘नागरिक सहायता कक्ष’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ सुरु गरेको छ। 

काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ। आइतबार अग्रिम टिकट सुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष सुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। आजबाट  कलङ्की र बल्खुमा कक्ष सुरु भएको छ।

बुधबारबाट थप १४ स्थानमा कक्ष सुरु गर्ने योजना रहेको विभागले जनाएको छ। यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष सुरु भए पनि अहिलेसम्म खासै समस्या नआएको उनले बताए। 

यात्रुले टिकट काउन्टर पुगेको दुई घण्टाभित्रमा टिकट काटिसक्ने गरी व्यवस्था मिलाइएको महानिर्देशक हमालले बताए। नयाँ बसपार्कमा पहिलो दिन धेरै भीडभाड भए पनि अहिले भीड कम भइसकेको छ। विभागले दशैँ लक्षित गरेर अनुगमनलाई तीव्र बनाएको बताएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।