शुक्रबार, साउन २९, २०८३

नेकपा र सीपीसीबीच भाइचारा सम्बन्ध स्थापित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पाटी (सीपीसी)बीच भाइचारा सम्बन्ध स्थापित भएको छ। 

मंगलबार नेकपा र सीसीपीका नेताहरूबीच काठमाडौंमा जारी विचार आदानप्रदान कार्यक्रमको दोस्रो दिन सहयोग तथा भाइचारा सम्बन्ध स्थापित गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ। 

नागपोखरीस्थित मेरियट होटलमा आयोजित कार्यक्रममा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सहमतिपत्रमा हस्ताक्षर गरेको नेकपामा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत उपस्थित थिए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।