शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारमा रहेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठाः गगन थापा

सरकारमा रहेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठाः गगन थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो पार्टी अध्यक्ष उपेन्द्र यादवसँग भिडेर देखाउन चुनौती दिएका छन् ।

मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, “हरबखत संघीय सरकारको विरोध गर्ने मुख्यमन्त्रीले संघीय सरकारका उपप्रधानमन्त्री रहेका पार्टी अध्यक्षसँग भिड्ने बुता देखाउन सक्नु पर्दछ ।”

संघीय र प्रदेश दुबै सरकारमा रहेर पनि संविधान दिवस नमनाएको प्रसंग कांग्रेस नेता थापाले उप्काएका थिए । 

उनले भने, “नेपालको संविधानअनुसार मुख्यमन्त्री बत्रु भएको छ । उहाँकै पार्टी अध्यक्ष संघीय सरकारमा उपप्रधानमन्त्री हुनुहुन्छ, अनि संविधानको विरोध गरेर हिँड्नु हुन्छ। सरकारमै बसेर संविधानको विरोध गर्नु विरोधाभाष र निर्लज्जताको पराकाष्ठा हो।” 

अधिकारको लागि लडिरहेको भन्दै जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै थापाले ताकत भए आफ्ना अध्यक्षसँग लडेर संघीय सरकारबाट हट्न चुनौती दिए ।

यद्यपि, थापाले संविधानमा केही कमजोरी रहेको स्वीकार गर्दै संविधानको रक्षा र त्यसमा आवश्यक संशोधनको लागि आफूहरु प्रयासरत रहेको बताएका थिए ।

अहिले संविधानमाथि संकट आएको बताउँदै उनले ‘कम्युनिस्टको सरकार मुलुकलाई नै बर्बाद बनाउन उद्दत रहेको’ आरोप लगाए । 

उनले भने, “कांग्रेस चुप लागेर बस्दैन, संविधानको रक्षा गर्न हामी सदैब अग्रमोर्चामा रहने छौं ।” 

सरकारले कम्बोडियाको हुन्सन मोडेललाई पछ्याउँदै संघीय लोकतान्त्रिक व्यवस्था अन्त्य गर्न खोजेको पनि उनले आरोप लगाए ।

थापाले सरकारप्रति व्यङ्ग्य गर्दै भने, “चिनियाँ नेतृत्व आउँदा चिनियाँ पक्षधर जस्तो भइहाल्ने, भारतीय प्रधानमन्त्री आउँदा भारतीय पक्षधर बनिदिने, यस्तो पनि कुटनीति हुन्छ ? जनतालाई झुक्याएर मुलुकलाई अलमलमा पार्ने काम भइरहेको छ ।”

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।