नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-८ मा भएको दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ।
सोमबार राति लु१ख ८५३२ नम्बरको ट्रक र बा२१च ६४०९ नम्बरको कार ठोक्किँदा ज्यान गुमाउने ५ जनाको सनाखत भएको हो । जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार देवचुली नगरपालिका-१, केउरानीका ३५ वर्षीय पूर्णबहादुर विक, २९ वर्षीय हिरा राना, ३१ वर्षीय दीपेश राना, दिलबहादुर ढेंगामगर र कैलाली धनगढीका सुरज रानामगरको ज्यान गएको हो ।
कारलाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४