शुक्रबार, साउन २९, २०८३

राष्ट्रकवि माधव घिमिरे १०१ वर्षमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रकवि माधव घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका छन्। घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका हुन्। 

१९९२ सालमा गोरखापत्रमा ‘ज्ञानपुष्प’ शीर्षकको कविता प्रकाशनपछि साहित्यमा प्रवेश गरेका घिमिरे साहित्यमा अझै क्रियाशील छन्। उनी अहिले ‘ऋतम्भरा’ महाकाव्य लेखनमा व्यस्त छन् । यसको लेखन यस वर्ष सक्ने उनको योजना छ।     

उनले कविता, गीत, गीतिनाटक पनि रचना गरेका छन्। उनका ‘बमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’, ‘किन्नर–किन्नरी’ प्रमुख कविता–कृति हुन्। यस्तै ‘गाउँछ गीत नेपाली’, ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो’, ‘आजै र राति के देखें सपना’, ‘फूलको थुँगा’ लगायत गीत प्रमुख छन्।  

नेपाली साहित्यमा विशिष्ठ योगदान पुर्याएको भन्दै उनले थुप्रै पुरस्कार र सम्मान पाएका छन्। ८५ वर्षको उमेरमा ‘राष्ट्रकवि’को उपाधि पाएका उनी २०७५ सालमा महाउज्ज्वल पदकबाट पनि सम्मानित भएका छन्। २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार पाएका छन्। 

‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ लोकार्पण 

राष्ट्रकविको जन्मदिनको पूर्वसन्ध्यामा सोमबार ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ कविता संग्रहको लोकार्पण गरिएको थियो ।

कविता संग्रहको लोकार्पण नेपाल-प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गरे। कविता संग्रहमा एक सय एक कविले राष्ट्रकविको व्यक्तित्व र कृतित्वबारे कविता लेखेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।