नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको ज्यान गएको भएको छ।
लु१ख ८५३२ नम्बरको ट्रक र बा२१च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा साेमबार राति ठोक्किँदा कारमा सवार व्यक्तिको ज्यान गएको हो।
प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका-१, केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ। दुई जनाको सनाखत हुन बाँकी छ।
कारलाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४