शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'अख्तियार र अदालतलाई दुईतिहाई देखाएर तर्साउन खोजियो'

'अख्तियार र अदालतलाई दुईतिहाई देखाएर तर्साउन खोजियो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

प्यूठान - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायामा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन्।

दोश्रो जागरण अभियान अन्तरगत प्यूठानमा अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारले अख्तियार, अदालतलगायतका सबै संवैधानिक निकायलाई दुई तिहाई देखाएर तर्साएकाले मुलुकमा भएका ठूला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताए।

पौडेलले भने,‘हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ। त्यो संविधान विपरित हो। अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ। जनताले दिएको दुई तिहाईको मतलाई निरङ्कुश शासन चलाउनका लागि प्रयोग गरीएको छ।’

वरिष्ठ नेता पौडेलले ठूलाठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको आरोप लगाए। उनले विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाट आर्थिक अनियमितता भएको पुष्टी हुने पनि बताए। उनले भने, 'ठूलाठूला आयोजनालाई कमिशनको चक्करमा अलपत्र पारिएको छ। विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ। ठूलाठूला आयोजना ठूलाठूला मान्छे मिलेर मात्र भएका छन्।’
  
पौडेलले मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेकोमा चिन्ता व्यक्त गरे। उनले दुई तिहाईको सरकारले गरेका कामको हिसाबकिताब नेपाली जनताले गरेको बताउँदै कम्युनिष्टका चिल्ला कुरामा जनता क्षणिक प्रभावमा परेको बताए। 

‘नेताहरुलाई प्रश्न गर्न नपाउने कानुन ल्याउन खोजिदै छ। मानवअधिकार आयोगको अधिकार कटौती गरीएको छ। हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ। त्यो संविधानको विपरित हो। अख्तियार र अदालतलाई तर्साउन खोजिदैछ। जनताले दिएको दुई तिहाईको मतलाई निरङ्कुश शासन चलाउनका लागि प्रयोग गरीएको छ।’, नेता पौडेलले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।