शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिक्षक लाइसेन्सको परीक्षा केन्द्र सार्वजनिक (विवरणसहित)

शिक्षक लाइसेन्सको परीक्षा केन्द्र सार्वजनिक (विवरणसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्राथमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ।

५२ जिल्लाका दई सय ५९ परीक्षा केन्द्रमा झन्डै ७७ हजार परीक्षार्थीले परीक्षा दिने आयोगले जनाएको छ। आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले मंगबालर बेलुकीसम्म निमावि र मावि तहको परीक्षा केन्द्र पनि सार्वजनिक गरिसक्ने जानकारी दिए। उनका अनुसार धेरै परीक्षार्थीले आफैँ बसेको स्थानबाट प्रवेशपत्र प्रिन्ट गरिसकेका छन्।

शिक्षक सेवा आयोगले गत असार २ गते प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो।

आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ। यस्तै कानुन, इन्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ । असोज ९ गते प्रावि, १० गते मावि र ११ गते निमावि तहको परीक्षा हुँदै छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।