शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमतीले आत्महत्या गरेको ६ महिनापछि छोरीसहित आत्महत्या

श्रीमतीले आत्महत्या गरेको ६ महिनापछि छोरीसहित आत्महत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - श्रीमतीले झुण्डिएर आत्महत्या गरेको करिब ६ महिनापछि कैलालीमा एक युवकले छोरीलाई विष खुवाएर आफूले पनि विष सेवन गरी आत्महत्या गरेका छन्। गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेल र उनकी तीन वर्षीया छोरी अनुष्काले सल्फास नामक विष खाएका हुन्।  

गत वैशाख १६ गते रामबहादुरकी श्रीमती सरिताले झुण्डिएर आत्महत्या गरेकी थिइन्। श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेको थियो।
सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका लागि थुनामा पठाएको थियो।

साउन २२ गते अदालतले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए। छुटेको झण्डै डेढ महिनापछि उनले छोरीसहित आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। घटनाबारे अनुसन्धान सुरु गरेको बस्नेतले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।