शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात व्यवस्था सुधार गर्न प्रधानमन्त्रीको निर्देशन

यातायात व्यवस्था सुधार गर्न प्रधानमन्त्रीको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज लगानी बोर्डको ४० औं बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले यातायात व्यवस्थापनमा  हालसम्म भएका अध्ययन, अवस्था र लगानी गर्न इच्छुकहरुको प्रस्तावसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “हामीलाई काठमाडौँ उपत्यकाको यातायात सुव्यवस्थापनमा छिटो काम गर्नुछ, मन्त्रालय र निकायले आपसमा समन्वय गर्नुपर्छ । प्रतिवेदन प्राप्त भएपछि बोर्डले थप निर्णय गर्नेछ ।”

बैठकले बाहिरी चक्रपथ परियोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना, पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत पयिोजना, तल्लो अरुण जलविद्युत्ल परियोजनासम्बन्धी विभिन्न निर्णय गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।