शुक्रबार, साउन २९, २०८३

मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रदेश नं.१ को प्रदेशसभाको आजको बैठकले ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भनि सदनमा प्रस्ताव पेश गरेका थिए।
    
विधेयकको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यहरुले कडा विरोध गर्दै नारा लगाएर रोष्टम घेराउ गरे पनि मन्त्री घिमिरेले प्रस्ताव पेश गरेका थिए। सो विधेयक पारित भएपछि प्रदेशमा चाहिने जनशक्ति उत्पादन गर्न मद्दत पुग्ने, विश्वविद्यालयबाट आधारभूत, माध्यमिक र उच्चतहका जनशक्ति उत्पादन गरेर स्वरोजगार बनाउने तथा राष्ट्रलाई चाहिने जनशक्ति पूर्ति गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
    
विधेयक सदनमा प्रवेश गरेदेखि नै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गर्दै आएको थियो। विधेयकलाई समृद्ध बनाउन विज्ञ, प्रदेश सदस्य, मन्त्री, कानूनविद्हरुसँग छलफल, सुझाव र परामर्श गरी विषयगत समितिमा लगिएको थियो। सामाजिक विकास समितिका सभापति सरिता थापाले विधेयकलाई बलियो, राम्रो र समृद्ध बनाउन हरेक किसिमको प्रयास गरिएको र राम्रा सुझावलाई ग्रहण गरिएको बताइन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।