शुक्रबार, साउन २९, २०८३

सुख्खा पहिरोले पुरेर प्राविधिकको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा - मध्यपहाडी लोकमार्ग विस्तारको क्रममा पर्वत खण्डअन्तर्गत कुश्मा नगरपालिका–७ खरेयामा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–२ का २७ वर्षीय कमल राई छन्। राई मध्यपहाडी लोकमार्ग आयोजनाका सबओभरसियर हुन्। 

बाटो नापजाँच गरिरहेका बेला माथिबाट ढिस्कोसहित आएको पहिरोले राईलाई पुरेको प्रहरीले जनाएको छ। बिहान १० बजेतिर पहिरो गएर पुरिएका राईको शव प्रहरीले डोजरको सहायतामा खनेर फेला पारेको थियो। 

शव पोस्टमार्टमका लागि पर्वत अस्पतालमा राखिएको छ। स्तरोन्नतिका क्रममा रहेको मध्यपहाडी लोकमार्गमा वर्षाका कारण दैनिकजसो पहिरो खस्ने समस्या देखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।