काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुर चयन भएका छन् ।
राजपाको विधान अनुसार अध्यक्ष मण्डलका ६ जना सदस्यमध्येहरु दुई दुई महिनामा पालैपालो (चक्रिय प्रणाली अनुसार) संयोजक तोकिन्छन् ।
राजपा स्थापना हुँदा पनि ठाकुर संयोजक थिए। केही महिनासम्म उनी अध्यक्ष रहे पनि पार्टीभित्र विवाद भएपछि चक्रिय प्रणाली लागू गरिएको थियो ।
यो प्रणाली अन्तर्गत राजपा अध्यक्ष मण्डलका सबै सदस्यहरु पालैपालो संयोजक भइसकेका छन्।
राजपाको महाधिवेशन पनि ठाकुरकै नेतृत्वमा गर्ने तयारी राजपाभित्र चलेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४