शुक्रबार, साउन २९, २०८३

साझा पार्टीमा थपिए दुई नयाँ केन्द्रीय सदस्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाण्डौ– साझा पार्टीमा दुई जना केन्द्रीय सदस्य थपिएका छन्।

सोमबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले रजनी केसी र शरदराज पाठकलाई केन्द्रीय सदस्यमा चयन गरेको हो ।

लामो समय नेपाल विद्यार्थी संघ र महिला संघमा क्रियाशील कास्कीकी केसी पछिल्लो समय पोखरा विश्वविद्यालयमा उपप्रशासकको पदमा कार्यरत थिइन् ।

केसीले पुरानो राजनीतिबाट देशको रूपान्तरण संभव नै नभएको महशूस गरेर साझा पार्टी निर्माणमा पूर्णरूपले संलग्न भएको बताएकी छन्।

यसैगरी चितवनका पाठक स्थापनाकालदेखि नै साझा पार्टी निर्माणमा सकृय थिए। ग्रामिण विकासमा स्नातकोत्तर तथा अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका पाठक पूर्व पत्रकार हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।