शुक्रबार, साउन २९, २०८३

अन्तर्राष्ट्रिय अदालत गुहार्ने गंगामायाको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- छोराको हत्यारामाथि कारबाही माग गर्दै अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन्। 

छोराका लागि न्याय माग्दामाग्दै पाँच वर्षअघि पति नन्दप्रसाद अधिकारी गुमेको दिन पारेर सोमबार पत्रकार सम्मेलन गर्दै गंगामायाले नेपालमा न्याय नपाएकै कारण आफू अन्तर्राष्ट्रिय अदालत जाने बताएकी हुन्। 

“मैले यो मुलुकमा न्याय पाइनँ अब उपयुक्त समय हेरेर अन्तर्राष्ट्रिय अदालत जान्छु”, वीर अस्पतालको क्याबिन नम्बर ७ मा आयोजित पत्रकार सम्मेलनमा गंगामायाले भनिन्, “नेपालमा न्याय पाउने आस मरिसक्यो । छोराका लागि न्याय माग्ने क्रममै पति गुमाएको भन्दै उनले जेठो छोरालाई समेत सरकारले बिनाकारण थुनामा राखेर अन्याय गरेको सुनाइन् । 

आफूले न्याय नपाउँदासम्म पतिको दाहसंस्कार नगर्ने अडान राख्दै आएकी गंगामायाले न्याय पाएपछि मात्र दाहसंस्कार गर्ने बताइन्। छोराका न्यायका लागि अनशन बसेकै समयमा उनका पति नन्दप्रसादको ०७१ असोज ६ गते निधन भएको थियो। अधिकारीको शव त्रिवि शिक्षण अस्पतालमा पाँच वर्षदेखि अलपत्र छ।

पत्रकार सम्मेलनमा वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाई, मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्याललगायतका अधिकारकर्मीले न्यायका लागि गंगामायालाई अन्तर्राष्ट्रिय अदालत जान सहयोग गर्ने बताए। 

एसएलसी परीक्षा सकेर हजुरबुवा भेट्न चितवन गएका गंगामायाका कान्छो छोरा १७ वर्षीय कृष्णप्रसाद अधिकारीलाई तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षबाट सुराकीको आरोपमा २०६१ जेठ २४ गते हत्या भएको थियो। अधिकारी दम्पतीलाई बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारका पालामा कहिले प्रहरी हिरासतमा त कहिले मानसिक अस्पतालमा राखेर यातना दिइएको थियो। 

०७० असारदेखि आमरण अनशनमा रहेका अधिकारी दम्पतीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि खिलराज रेग्मी नेतृत्वको तत्कालीन सरकारले कृष्णप्रसादका हत्यारालाई कानुनी कठघरामा ल्याउने भन्दै अधिकारी दम्पतीसँग ४ बुँदे सम्झौता गरेको थियो। तर, रेग्मी सरकारले सम्झौता कार्यान्वयन नगरेपछि कात्तिक ७ गतेबाट अधिकारी दम्पतीले पुनः सुरु गरेको दोस्रो अनशन ११ महिनासम्म चल्यो। त्यही अनशनकोे ३३३ औं दिनमा २०७१ असोज ६ गते नन्दप्रसादको निधन भएको थियो।

गंगामायाले प्रमाणका रुपमा दायाँ हातमा पतिको मृत्युको मिति र बायाँ हातमा छोराको हत्याको मिति उल्लेख गरी ट्याटु खोपेकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।