शुक्रबार, साउन २९, २०८३

बेचिन्छन् हजारौं, उद्धार हुन्छ सयको

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले भन्छ- देशभरका करिब ३५ हजार व्यक्ति बेचिएका छन् । र, हजारौं नेपालीहरु विदेशमा फस्नुका साथै श्रम र यौन शोषणको शिकार भएका छन् । 

प्रतिवेदन अनुसार वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका ३ हजार २०० गरी ३५ हजार व्यक्ति बेचविखनमा परेका हुन् । जसमध्ये १५ हजार महिला र ५ हजार बालबालिका छन् । 

तथ्यांकले बेचविखन र नेपालीमाथि भएको शोषणको यति डरलाग्दो अवस्था देखाउँदै गर्दा उद्धारको स्थिति भने अत्यन्त नाजुक छ। पछिल्लो ६ महिनामा जम्मा २६० जनाको मात्रै उद्धार गरिएको छ। जसमा २०० जना महिला छन् भने ६० जना पुरुष छन् । 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा धेरै भारतबाट उद्धार गरिएका छन् । भारतबाट ६ महिनाको बीचमा २१३ जनालाई उद्धार गरिएको छ । यस्तै लिबिया १७, केन्या १२, किर्गीस्तान ६, इराक ६, इन्डोनेसिया ६ र नेपालबाटै पनि केही व्यक्तिहरुको उद्धार गरिएको छ। 

बेचविखनमा संलग्नमध्ये २७ लाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए । एसपी थपलियाका अनुसार पछिल्लो समय नेपालीहरु चीन, बांग्लादेश, श्रीलंका, म्यान्मार, थाईल्यान्ड, इन्डोनेशिया लगायतका देशहरुमा पनि बेचिन थालेका छन् । 

विदेशबाट गरिने उद्धारमा कानुनी जटिलता, स्रोत साधनको अभाव जस्ता कठिनाई हुने गरेको एसपी थपलिया बताउँछन् । खाडी मुलुकहरुमा त घरधनीको अनुमतिविना कोहि पनि घरभित्र पस्न नपाउने भएकाले उद्धार कार्य झन् जटिल हुने गरेको उनी बताउँछन् । 

हजारौंको संख्यामा नेपालीहरु बेचिंदा उद्धार भएको संख्या भने सयको हाराहारीमा हुनुले पनि स्थिति कति भयावह छ भन्ने प्रष्ट हुन्छ ।

केही कानूनी र स्रोत-साधनको अभाव भए पनि नागरिकको सुरक्षा राज्यको प्राथमिकतामा नपरेका कारण नै यो समस्या झन् झन् ठूलो बन्दै गएको मानवअधिकारवादीहरुको ठहर छ । 

कहाँबाट कहिले कतिको उद्धार गरियो ? 

देश– भारत
उद्धार गरिएको संख्या– १७९
उद्धार गर्नुको कारण– बेचबिखनका लागि ओसार पसारमा परेकाले 
उद्धार गरिएको मिति–  २०७५ फागुन ७ गते 

देश– कुवेत 
उद्धार गरिएको संख्या– १ महिला
उद्धार गर्नुको कारण– मालिकले चरम शोषण गरेकाले
उद्धार गरिएको मिति–  २०७५ चैत २५ गते 

देश– भारत 
उद्धार गरिएको संख्या– १० महिला
उद्धार गर्नुको कारण– बेचबिखनका लागि ओसार पसारमा परेकाले
उद्धार गरिएको मिति–  २०७६ बैशाख ५ गते

देश– भारतको मिजुरोम
उद्धार गरिएको संख्या– २३ महिला
उद्धार गर्नुको कारण– बेचबिखनका लागि ओसार पसारमा परेकाले 
उद्धार गरिएको मिति–  २०७६ बैशाख २६ गते

देश– किर्किस्तान/इराक
उद्धार गरिएको संख्या– ६ पुरुष
उद्धार गर्नुको कारण– बन्दि बनाइकाले 
उद्धार गरिएको मिति–  २०७६ बैशाख २६ गते

देश– लिबिया
उद्धार गरिएको संख्या– १७ पुरुष
उद्धार गर्नुको कारण– अलपत्र बनाइएकाले 
उद्धार गरिएको मिति–  २०७६ जेठ १० गते 

देश– भारत
उद्धार गरिएको संख्या– १ महिला
उद्धार गर्नुको कारण– बेचबिखनका लागि ओसार पसारमा परेकाले 
उद्धार गरिएको मिति–  २०७६ असार ९ गते 

देश– ग्रिस 
उद्धार गरिएको संख्या– १ पुरुष
उद्धार गर्नुको कारण– बन्धक बनाइ राखेकाले 
उद्धार गरिएको मिति–  २०७६ असार २९ गते 

देश– केन्या
उद्धार गरिएको संख्या– १२ महिला
उद्धार गर्नुको कारण– बारमा यौन शोषण भएकाले
उद्धार गरिएको मिति– २०७६ साउन १ गते 

देश– इन्डोनेसिया
उद्धार गरिएको संख्या– ४ पुरुष, २ महिला
उद्धार गर्नुको कारण– बन्धक बनाइएकाले 
उद्धार गरिएको मिति–  २०७६ भदौ ८ गते 

देश– नेपाल
उद्धार गरिएको संख्या– ४ महिला
उद्धार गर्नुको कारण– बिहे गरेर बेच्न खोजेकाले 
उद्धार गरिएको मिति–  २०७६ भदौ १३ गते 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।