चितवन- भरतपुर महानगरपालिका-१, आपटारीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१, रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आँपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु२ख ६९० नम्बरको ट्रकसँग सोही दिशातर्फ जाँदै गरेको ना४४प ५०१७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालक रेग्मी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४