काठमाडौ- राजधानीको एक विद्यालयकी शिक्षिकालाई सुत्केरी बिदा नलिने प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।
असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिने प्रधानाध्यापक सुरेन्द्र केसीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
शिक्षिका अर्यालले महानगरीय प्रहरी परिसर टेकुमा १५ दिनअघि उजुरी दिएकी थिइन्। प्रअ केसीले मानवीय संवेदना नदेखाएकै कारण गर्भमै शिशुको मृत्यु भएको भनि शिक्षिका अर्यालले भदौ २२ मा टेकु परिसरमा उजुरी दिएकी थिइन्।
उजुरीमा मुलकको अपराध संहिता र सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को प्रावधान अनुसार गर्भवती महिलामाथिको भेदभाव भएकाले कारबाहीको माग गरिएको थियो।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले केसी पक्राउ परेको र उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिए।
‘उजुरी परेपछि केसीलाई हामीले नियन्त्रणमा लिएका छौ’, सुवेदीले भने,‘कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने छ।
यो घट्ना बाहिर आएपछि राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, महिला अधिकारवादी संघसंस्था तथा अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको थियो।
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिभिसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४